एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदमा शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई शपथ ग्रहण गराउनुभएको हो । २००३ सालमा डडेल्धुराको असीग्राममा जन्मनुभएका देउवाले राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।
२०२८ सालमा नेविसङ्घको सभापति बन्नुभएका देउवा विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा प्रवेश गर्नुभएको हो । देउवाले राजनीतिक जीवनकालमा पटक–पटक गरी नाै वर्षभन्दा बढी समय जेल जीवन बिताउनुभएको छ ।
देउवा २०४८ सालदेखि यताका सबै संसदीय तथा संविधान सभा चुनावमा अपराजित हुनुहुन्छ । देउवा २०७२ साल फागुनमा सम्पन्न कांग्रेसको १३ औँ महाधिवेशनबाट पार्टी सभापति बन्नुभएको हो । २०५९ सालमा नेपाली कांग्रेस विभाजन गरेर उहाँ नेपाली कांग्रेस (प्रजातान्त्रिक) को सभापति बन्नुभएको थियो । २०६४ सालमा पार्टी एकीकरण गरेर देउवा पार्टीको वरिष्ठ नेता बन्नुभएको थियो ।
२०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृह मन्त्री रहनुभएका देउवा २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बन्नुभएको थियो । यस पटकसम्म उहाँ पाँचौँ पटक प्रधानमन्त्री बन्नुभएको छ ।
२०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि देउवा पहिलो पटक संयुक्त सरकारको प्रधानमन्त्री बन्नुभएको थियो ।
त्यस्तै २०५८ सालमा देउवा दोस्रो पटक प्रधानमन्त्री बन्नुभयो । तर तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि देउवालाई पदच्युत गर्नुभयो ।
२०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले पुनः देउवालाई नै प्रधानमन्त्रीमा नियुक्त गर्नुभयो । २०६१ सालमा देउवा तेस्रो पटक प्रधानमन्त्री बन्नुभयो ।
यस्तै २०७४ सालमा नेकपा माओवादीको समर्थनमा चौथो पटक प्रधानमन्त्री बन्नुभयो । त्यतिखेर माओवादीले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिएर देउवालाई साथ दिएको थियो ।
अहिले फेरि माओवादीकै मुख्य समर्थन र एमाले तथा जनता समाजवादी पार्टीका केही सांसदको समर्थनमा सर्वोच्चको परमादेशपछि देउवा पाँचौँ पटक प्रधानमन्त्री बन्नुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।