उद्योग र रोजगारी दुवैलाई बचाउन सहज वातावरण बनाउन निजी क्षेत्रको आग्रह

 असार ३०, २०७८ बुधबार ८:२८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना महामारीका कारण उद्योग व्यवसायले निरन्तर नोक्सानी ब्यहोर्नु परेको भन्दै निजी क्षेत्रका विभिन्न सङ्घ–सङ्गठनले सहज वातावरण बनाउन आग्रह गरेका छन्। उद्योग र रोजगारी दुवैलाई बचाउनु तत्काल सबैको ध्यान जानुपर्ने र यो पहिलो आवश्यकता रहेको उनीहरुको भनाइ छ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल उद्योग परिसङ्घले संयुक्त रुपमा सङ्कटग्रस्त र थलिएका उद्योग व्यवसायको पुनरूत्थान र पूर्ववत् अवस्थामा फर्काउन तत्काल आवश्यक उपाय अवलम्बन गर्नुको विकल्प नभएको बताएका छन् । साथै संयुक्त अपिलमार्फत् उनीहरुले निर्बाधरूपमा उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइ राख्ने काममा सहयोग पुर्याउन श्रमिकलाई आग्रह गरेका छन् ।

सरकारले चिया बगान बाहेकका प्रतिष्ठानमा काम गर्ने श्रमिकको लागि अहिले कायम रहेको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० मा पुनरावलोकन गरी पर्सि साउन एक गतेदेखि लागू हुने गरी न्यूनतम तलब नौ हजार ३ सय ८५ र महँगी भत्ता पाँच हजार ६ सय १५ समेत गरी १५ हजार न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ ।

तर न्यूनतम पारिश्रमिकमा भएको वृद्धि सबै तहका श्रमिक कामदारको पारिश्रमिकमा वृद्धि नभएको उद्योगी व्यवसायीको छाता सङ्गठनले जनाएका छन् ।
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया