राजनीतिक कैदीबन्दीलाई रिहा गर्न ग्लोबल अभियानद्वारा भुटानका राजालाई अपिल

 असार ३०, २०७८ बुधबार १२:८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भुटानमा रहेका राजनीतिक कैदीबन्दीलाई रिहा गर्न ग्लोबल अभियानले भुटानका राजालाई अपिल गरेको छ । अभियानले राजनीतिक कैदीहरूलाई रिहा गर्नका लागि पुनः अपिल गरेको हो । प्रजातान्त्रिक सरकार र संवैधानिक राजतन्त्रको शुरुवातपछि राजनीतिक आधारमा धेरैलाई विभिन्न जेलमा राखिएको भन्दै रिहा गर्नको लागि पत्रमार्फत् अभियानले अनुरोध गरेको हो ।

अभियानले पत्रमा ५५ जनाको विवरण समेत उल्लेख गरेको छ । साथै रिहाको मागमा ५ सय ३४ जनाको हस्ताक्षर छ । धेरै वर्षसम्म नेपालमा भुटानी शरणार्थी शिविरमा बिताएका ती राजनीतिक बन्दीहरूको परिवारका अधिकांश सदस्य अहिले विभिन्न आठ पश्चिमी देशहरूमा पुनःस्थापना भइसकेका र धेरैले ती देशहरूको नागरिकता प्राप्त गरिसकेका र केहीले प्राप्त गर्ने प्रक्रियामा रहेको पत्रका उल्लेख गरिएको छ ।

परिवारका सदस्यहरूको पुनर्वासका लागि आईसीआरसीले उनीहरूको पारिवारिक भेटघाटको कार्यक्रम बन्द गरेको उल्लेख गर्दै कैदी बन्दीलाई रिहा गर्नका लागि अनुरोध गरेको अभियानका राम कार्कीले जानकारी दिनुभयो ।

राजनीतिक बन्दीहरुका अभिभावकहरु अहिले वृद्ध भइसकेकाले पनि सन्तानको अनुहार हेर्नका लागि आतुर भएका छन् भने भर्खरै जन्मेका उनीहरूका बच्चाहरू पनि उनीहरुको अनुहार हेर्न ठूलो इच्छासहित पर्खिरहेका भन्दै दशकौँसम्म उनीहरूको बाँकी जीवन बाँच्ने अवसरहरू पाउनेमा आशावादी भएको अभियानले पत्रमा उल्लेख गरेको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bishal chhetri

    July 18, 2021, 9:53 p.m.

    It's very disturbing to know that a country which measures itself with gross happiness index and considers itself to be true Buddhist nation can bear to have people languishing in prision for decades. The right to dignified life and the right to have an opinion are all universal human values and should not be harshly penalized. Please release all the political prisoners.

  •  0 Reply

तपाईको प्रतिक्रिया