पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर दुई हजार नौ सय पाँच जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । आठ हजार एक सय आठ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा दुई हजार १० जना र चार हजार नौ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय ९५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
२४ घन्टामा कुल परीक्षणको झन्डै २५ प्रतिशतमा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा चार सय २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ६ हजार सात सय ६१ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक हजार ६ सय ६ जना काेराेना निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख २४ हजार सात सय ११ जना पुगेको छ ।
यस्तै थप १८ जनासहित अहिलेसम्म नौ हजार चार सय ३० जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ६ सय ४८ रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।