एमाले सांसदकाे विराेधकै बीच गण्डकीमा बजेट पारित

 असार ३०, २०७८ बुधबार १७:४५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – गण्डकी प्रदेशको आउँदो आर्थिक वर्ष २०७८०/७९ को बजेट प्रदेश सभाबाट पारित भएको छ । आज बुधवार बसेको प्रदेश सभा बैठकमा अवरोधका बीच बजेट पारित भएको गण्डकी प्रदेश सभा सचिवालयका सूचना अधिकारी जितेन्द्र जङ्ग केसीले जानकारी दिनुभयो । 

गएको असार १ गते मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले गण्डकी प्रदेशको आउँदो वर्षका लागि ३० अर्ब तीन करोड ९४ लाखको बजेट सभामा पेस गर्नुभएको थियो । यसअघि लगातार तीन पटक बैठकमा अवराेध भएपछि आज भने अवरोधकै बीच बजेट पारित सम्बन्धी प्रस्ताव सभामा पेस भएको हो । 

सरकारले जबरजस्ती बजेट पारितको प्रस्ताव गर्न लागेपछि एमाले सांसद तथा पूर्वमन्त्री रामशरण बस्नेतले संसद् भवनभित्रै रहेको टेबल उठाएर फाल्नुभएको थियो ।   

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया