एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । विप्लव अर्का नेता धर्मेन्द्र बाँस्तोलालाई लिएर प्रचण्ड निवास खुमलटार जानुभएको थियो ।
भेटमा अहिलेको राजनीतिक परिस्थिति, अघिल्लो सरकारसँग आफूहरूले गरेको सहमति लगायतका विषयमा कुराकानी भएको नेता धर्मेन्द्र बाँस्तोलाले उज्यालोलाई जानकारी दिनुभयो ।
‘ओली सरकारसँग हामीले गरेको सहमति कार्यान्वयनका विषयमा कुराकानी भयो, कतिपय साथी अहिले पनि जेलमै हुनुहुन्छ, हामीले यस विषयमा पनि ध्यानाकर्षण गराएका छौँ’, बाँस्तोलाले भन्नुभयो, ‘अहिलेको देशको उथलपुथल भइरहेको राजनीतिबारे हामीले चासो राख्यौँ, प्रचण्डले ब्रिफिङ गर्नुभयो, हामीले पनि केही कुरा राख्यौँ ।’
पूर्वमाओवादी एक हुने चर्चाका विषयमा जिज्ञासा राख्दा बाँस्तोलाले भन्नुभयो, ‘यो तत्कालै सम्भव हुने विषय होइन तर पनि हामीले अब भेटघाट र छलफललाई निरन्तरता दिनुपर्छ भनेका छौँ, प्रचण्डजीले पनि पूर्वमाओवादीहरू एक बनाएर लैजाने इच्छा राख्नुभएको रहेछ, सकभर सँगै जान पाए हुन्थ्यो भन्ने कुरा राख्नुभयो ।’
तस्बिर : गङ्गा दाहालकाे फेसबुकबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Uttam Rai
July 14, 2021, 7:04 p.m.विचार सिदान्त मिले एक भएर जाँदा राम्रो आखिर एउटै ठाउँ बाट संघर्ष गरेर आको हो कै कुराहरू मिलाएर एक भएर गए धेरै राम्रो हुने थियो ।