एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – गएकाे तीन महिनामा विपद्का घटनामा एक सय ३९ जनाको ज्यान गएको छ । यस्तै अन्य ३६ जना हराइरहेका छन् भने तीन सय २३ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार गएको वैशाख १ गतेदेखि आज बिहीवारसम्ममा एक हजार एक सय ७९ वटा घटना भएका छन् । प्राधिकरणको तथ्याङ्कअनुसार सबैभन्दा धेरै चट्याङका कारण ३७ जनाको ज्यान गएको छ ।
यस्तै पहिरोमा २९ जनाको ज्यान गएको छ भने सात जना हराइरहेका छन् । बाढीमा २७ जनाको ज्यान गएको छ र २८ जना हराइरहेका छन् । अविरल वर्षाले आठ जनाको ज्यान लिएको छ ।
यस्तै आगलागीमा परेर ११ जना, डढेलोमा तीन जना, जनावरको आक्रमणबाट १४ जना, सर्पले टोकेर नौ जना र हावाहुरीले एक जनाको ज्यान गएको छ ।
विपद्का घटनाबाट एक हजार तीन सय ९६ घरपरिवारको ५६ करोड ५६ लाख रुपैयाँभन्दा धेरैको क्षति भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।