एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – नेपाली कांग्रेसको बाढी, पहिरो पीडित विपद् व्यवस्थापन समितिले २०७८ वैशाखयताका बाढी–पहिरो पीडितका परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँ दिने भएको छ । बाढी, पहिरो पीडित विपद् व्यवस्थापन समितिको बिहीवार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा संयोजक मोहन बस्नेतले तत्कालका लागि प्रतिपरिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभएको हो ।
बाढी, पहिरो पीडितको उद्धार तथा राहतको सम्बन्धमा सरकारलाई पार्टीको तर्फबाट कुनै पनि किसिमको भूमिका निर्वाह गर्नुपर्ने परिस्थितिमा सहज होस् भन्ने उद्देश्यका साथ यही असार ४ गते बसेको केन्द्रीय समिति बैठकले बाढी, पहिरो पीडित विपद् व्यवस्थापन केन्द्रीय समिति गठन गरेको थियो । बाढी, पहिरो लगायतका प्राकृतिक विपद् सधैँ आइरहने भएकाले नियमित क्यालेन्डर जस्तै गरी बेहाेर्नुपर्नेकाले यसको व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्य साथ समिति बनेको संयाेजक बस्नेतले बताउनुभयो ।
समितिले २०७८ सालयता बाढी, पहिरोमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँ दिने निर्णय गरिसकेकाले त्यसका लागि स्रोत जुटाउने विषयमा समितिमा छलफल हुने उहाँले बताउनुभयो । उहाँले देशभरबाट बाढी तथा पहिरोले पुर्याएकाे भौतिक र मानवीय क्षतिबारे तथ्याङ्क सङ्कलन गरी राहत उपलब्ध गराइने जानकारी दिनुभयो ।
संयाेजक बस्नेतले समिति गठन गर्दा कांग्रेस सरकारमा नभएको र अहिले सरकारमा पुगेकाले अझै समितिको दायित्व बढेको बताउनुभयो । बस्नेत संयोजकत्वको समितिमा सहसंयोजक दिव्यमणि राजभण्डारी, सचिवमा किरण गिरी, कोषाध्यक्षमा कल्पना चौधरी हुनुहुन्छ ।
त्यसैगरी समितिका सदस्यहरूमा भूमिबहादुर गुरुङ, रामबहादुर विष्ट, बहादुर सिंह थापा, राजीव विक्रम, तीर्थबहादुर लामा, ललितजंग शाही, देवराज चालिसे, नगिना यादव हुनुहुन्छ । त्यसैगरी आमन्त्रित सदस्यहरूमा पूर्व गृहसचिव जनार्दन नेपाल, दीर्घबहादुर केसी, चेतनाथ ढकाल रहेका छन् । सबै पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरू सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मनोनित गर्नुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।