एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – काठमाण्डाै उपत्यकामा लगाइएकाे निषेधाज्ञा १० दिन थपिएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यकाको निषेधाज्ञा आउँदो साउन १० गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको निर्देशनअनुसार औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू जुनसुकै समयमा पनि सञ्चालन गर्न पाइनेछ । त्यसबाहेकका अरू पसल बेलुका ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ । रेस्टुरेन्ट तथा खाजा घरहरूले टेक अवे र होम डेलिभरी सेवा मात्रै सञ्चालन गर्न पाउने छन् ।
काठमाण्डौ उपत्यकाबाट बाहिरिने र भित्रिने लामो दुरीका सवारी साधान चलाउन नपाइने तर अत्यावश्यक काम विशेषले उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनलाई चल्न दिने प्रशासनले जनाएको छ । काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधनले स्वीकृत सिट क्षमताभन्दा बढी नहुने गरी सञ्चालन गर्न पाउने यसअघिको व्यवस्था यथावत् छ ।
निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ । चलचित्र हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, दर्शकसहितका खेलकुद, नित्य पूजाबाहेक मन्दिर तथा शैक्षिक संस्थामा भौतिक उपस्थितिलाई निषेध गरिएको छ ।
एउटा कोठामा २५ जनासम्म राखेर परीक्षा सञ्चालन गर्न भने पाइनेछ ।
यस्ताे छ आदेश–
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Shreekrishna khanal
July 16, 2021, 9:50 p.m.अब लगभग सबै क्षेत्र खुकुलो भैसकेको छ, छोटो दुरिको सवारी साधन पनि सञ्चालनमा आइसक्यो अब लामो दुरिको सवारी साधन सञ्चालनमा न ल्याउनुको औचित्य के रह्यो त जबकि जाने मान्छे जसरी पनि गएका छन्। यसरी अन्य मध्यम बाट यात्रा गर्दा विभिन्न घटना घटेको समाचार सामाजिक सञ्जालमा पढ्दा निकै नरमाइलो लाग्छ। अब त लामो दुरिको यातायात सञ्चालन गर्दा पनि फरक न पर्ला।