पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर दुई हजार ६ सय ७६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । आठ हजार दुई सय ५६ जनाको पीसीआर परीक्षण गर्दा एक हजार सात सय ८२ जना र चार हजार पाँच सय १२ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय ९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख नौ हजार चार सय ३७ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक हजार सात सय ५७ जना निको भएसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख २६ हजार चार सय ६८ पुगेको छ । अहिले नेपालमा २६ हजार ६ सय ३९ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।
थप ३३ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार चार सय ६३ पुगेको छ ।
नेपालमा अहिलेसम्म २६ लाख २१ हजार चार सय ७६ जनाले एक मात्रा र ११ लाख आठ हजार आठ सय ६८ जनाले दुई मात्रा कोरोनाविरुद्धको खोप लगाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।