ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसकाे उत्पत्तिबारे दोस्रो चरणको अनुसन्धानमा सहयोग गर्न चीनलाई आग्रह गरेको छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भाइरस उत्पत्तिबारेको अनुसन्धानका लागि थप पहुँच र पारदर्शिता आवश्यक भएको भन्दै सहयोग गर्न आग्रह गर्नुभएको बीबीसीले जनाएको छ ।
भाइरसको उत्पत्तिबारेमा डब्ल्यूएचओले वुहानमै पुगेर गरेकाे पहिलो चरणको अनुसन्धान गएको फेब्रुअरीमा सकिएको थियो । त्यस बेला भाइरस प्रयोगशालाबाट फैलिएको हुन सक्ने सम्भावना अत्यन्त कम रहेको भन्दै चमेरामा उत्पत्ति भएर अन्य जीव हुँदै मानिसमा सरेको हुन सक्ने निष्कर्ष निकालेको थियो । तर अमेरिका, बेलायतलगायतका देशले भाइरस जीवबाटै आएको वा प्रयोगशालाबाट चुहिएको भन्नेबारेमा थप अनुसन्धान आवश्यक रहेको बताइरहेका छन् ।
डब्ल्यूएचओका प्रमुख गेहब्रेयससले पनि आफू स्वास्थ्यकर्मी भएको र दुर्घटना हुन सक्ने सम्भावनाबारे थाहा भएको भन्दै वुहानको प्रयोगशालाबाट स्पष्ट सूचना चाहिएको बताउनुभएको बीबीसीले जनाएको छ । उहाँले आफूहरूलाई महामारी सुरु हुनुभन्दा अगाडिको र सुरु भएको बेलाको बिरामीहरूको अप्रशोधित तथ्याङ्क चाहिएको पनि बताउनुभयो ।
अघिल्लो अनुसन्धानमा चीनले विश्व स्वास्थ्य सङ्गठनको टोलीलाई त्याे तथ्याङ्क दिएको थिएन । यो भनाइले डब्ल्यूएचओमा पनि कोरोना भाइरस प्रयोगशालाबाट चुहिएको हुन सक्ने आशङ्का कायम रहेको बुझिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।