कांग्रेस संसदीय दलको बैठक भोलिका लागि बोलाइयो

 साउन २, २०७८ शनिबार १४:२०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्ने भएको छ । बैठक दिउँसो दुई बजे नयाँ बानेश्वरमा रहेको संसद् भवनमा बस्ने तय भएको सांसद डिला सङ्ग्राैलाले जानकारी दिनुभयो ।

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक बैठक बस्न लागेको हो । २०७४ सालको चुनावपछि प्रमुख प्रतिपक्षी दलका रुपमा रहेको कांग्रेसले गएको मंगलबारदेखि सरकारको नेतृत्वमा पुगेको छ ।

भोलि दिउँसो चार बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान भएको छ । त्यसअघि बस्न लागेको कांग्रेस संसदीय दलको बैठकमा सांसदले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल हुने सङ्ग्राैलाले बताउनुभयो ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया