थप एक हजार आठ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि, दुई हजार बढी निकाे

 साउन २, २०७८ शनिबार १६:५३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – पछिल्लो २४ घण्टामा एक हजार आठ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

६ हजार आठ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार तीन सय १० जना र तीन हजार दुई सय आठ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच सय ६५ जना गरी एक हजार आठ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख १४ हजार दुई सय ४८ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार एक सय ६४ जना निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ३० हजार चार सय सात पुगेको छ । थप २१ जना सहित नेपालमा नौ हजार पाँच सय २७ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् । अहिले नेपालमा २५ हजार नौ सय ५२ जना सक्रिय सङ्क्रमित छन् ।

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया