रसुवामा ७ करोडको लगानीमा लिफ्टिङ सिँचाइ योजना बन्ने

 साउन ३, २०७८ आइतबार १३:३६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवाको नौकुण्ड गाउँपालिका–४, पाटीखर्कमा लिफ्टिङ सिँचाइ योजना निर्माण गरिने भएको छ । त्यस क्षेत्रमा अहिले तीनवटा सिँचाइ योजना सञ्चालनमा रहे पनि प्रभावकारी नभएका कारण नयाँ सिँचाइ योजना निर्माण गर्न लागिएको हो ।

तीनवटा सिँचाइको मुहान एउटै भएका कारण हिउँदमा सिँचाइ गर्न समस्या हुँदै आएको छ । एकीकृत ऊर्जा सिँचाइ विशेष कार्यक्रम अन्तर्गत सिँचाइ योजना निर्माण हुन लागेको जलश्रोत तथा सिँचाइ विकास सब–डिभिजन कार्यालय रसुवाले जनाएको छ । चालु आर्थिक वर्ष २०७८/७९ का लागि ७ करोड बजेट समेत विनियोजन भइसकेको छ ।

यो योजना एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो योजना निर्माण भएपछि झण्डै ६० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुग्ने जनाइएकाे छ । सिँचाइको अभावमा किसानले एक बाली मात्र लगाउँदै आएका छन् । अन्नबाली तथा नगदेबाली लगाउनका लागि यहाँ खेतीयोग्य जमिन धेरै छ । तर सिँचाइको अभावमा किसानले उत्पादनमा वृद्धि गर्न सकेका छैनन् । सिँचाइ योजना निर्माण भएपछि एक वर्षमा तीन बालीसम्म लगाउन सकिने र तरकारी उत्पादन बढ्ने अपेक्षा गरिएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया