शेयर बजार परिसूचक नेप्से ९७ अङ्कले बढ्यो : ११ अर्बभन्दा बढीको कारोबार

 साउन ३, २०७८ आइतबार १६:४३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

 काठमाण्डाै - नयाँ आर्थिक वर्षको कारोबार भएको पहिलो दिन आज शेयर बजार परिसूचक मापक नेप्से ९७ अङ्कले बढेको छ । नेप्से ९७ दशमलव २१ अङ्कले बढेर २९ सय ८० दशमलव ६१ बिन्दुमा पुगेको हो ।

आज बैंकिङ्ग ९२, व्यापार ३३, होटल तथा पर्यटन ५८, विकास बैंक २ सय ३३, जलविद्युत ४५, फाइनान्स ३५, निर्जीवन बीमा ४ सय ४१, उत्पादन १ सय ६५, माइक्रोफाइनान्स १ सय ९०, जीवन बीमा ६ सय ४८ र अन्य १९ अङ्कले बढेको छ । आज २ सय २१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर ११ अर्ब ६३ करोड ८१ लाख रुपैयाँमा कारोबार भएको छ ।

आज हिमालय पावर लिमिटेड, सिँगटी हाइड्रो लिमिटेड, सिन्धु विकास बैंक, नाङ्ग्दी ग्रुप पावर र समृद्धि फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको अन्तिम दिन बिहिवार शेयर बजारमा परिसूचक र कारोबार रकम दुवैमा सुधार आएको थियो । बिहिवार ८ अर्ब १४ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया