एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भएपछि संघीय संसदको अधिवेशन सुरु भएको छ । सर्वोच्च अदालतले गएको असार २८ गते प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि आज पहिलो पटक प्रतिनिधिसभाको बैठक बसेको हो ।
आज बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभाको कार्यसूची तय गरेको छ । पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने, सरकारले अध्यादेशहरु टेबल गर्ने र शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यस्तै आजै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुहुनेछ ।
विश्वासको मतका लागि प्रस्ताव दर्ता भैसकेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । सर्वोच्च अदालतको परमादेश अनुसार देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।