जनकपुर–जयनगर रेल्वे ट्र्याकको परीक्षण सफल

 साउन ३, २०७८ आइतबार १७:१२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनकपुर–जयनगर रेल्वे ट्र्याकको आइतबार सफल परीक्षण गरिएको छ । भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर दुरीमा प्रतिघण्टा एक सय १५ किलोमिटर प्रतिघण्टाको गतिमा रेल सञ्चालन गरेकाे  र परीक्षण सफल भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिनुभयो ।

चालक दलका लागि नयाँ ट्र्याक भएकोले जयनगरबाट आउँदा ६० किलोमिटर प्रतिघण्टा र फर्कदा एक सय १५ किलोमिटर प्रतिघण्टामा फर्किएको उहाँले बताउनुभयो । ट्र्याक परीक्षणको काम भारतकै भएकोले परीक्षणका लागि उतैबाट रेल ल्याएर फर्काएको उहाँले बताउनुभयो । भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा रेल्वे लिकको स्पीड र सर्टिफिकेशन गरिएको हो ।

महाप्रबन्धक भट्टराईले ट्र्याकको स्थितिबारे परीक्षण गरेको र भारतीय पक्षले रेल सञ्चालन गर्नका लागि ट्र्याक सुरक्षित रहेको प्रमाणित गरेपछि सरकारसँगको समन्यवमा रेल सञ्चालनको मिति तय हुने बताउनुभयो । उहाँले रेल सञ्चालनका लागि कम्पनी तयारी अवस्थामा रहेको पनि बताउनुभयो ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको रेलमार्गमा यसअघि असोज २ गते दुई सेट डेमो ट्रेन जनकपुरसम्म ल्याइएको थियो ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Prem bahadur kohar

    July 18, 2021, 8:40 p.m.

    नेपाल अहिले विकास को गति समाउँदै छ। यस्तो कोरोनाको परिस्थितिमा पनि यस्तो कार्य प्रशंसाजनक छ। तर पनि नेपाल अहिले 200 वर्ष पछाडि छ सबैले भन्छन् / यो तपाईं र हाम्रो सोच मात्र हो । भनिन्छ हरेक कुरा को सुरुवात सानो कुराबाट हुन्छ । तर पनि जे होस् म आफ्नो तर्फबाट एस्तो कार्यमा योगदान गर्ने सम्पूर्ण लाई हृदय देखि धन्यवाद दिन चाहन्छु। जय नेपाल i love nepal

  •  0 Reply

तपाईको प्रतिक्रिया