शक्ति पृथकीकरणविरुद्ध चालिएको कदम फेरि असफल : सभामुख सापकोटा

 साउन ३, २०७८ आइतबार १७:२८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले शक्ति पृथकीकरणविरुद्ध चालिएको कदम फेरि असफल भएको बताउनुभएको छ ।

आजको प्रतिनिधिसभाको बैठकमा उहाँले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त विपरीत चालिएको कदम एक पटक फेरि असफल भएको उल्लेख गर्नुभयो । साथै प्रतिनिधिसभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासलाई सर्वोच्च अदालतको फैसलाले लगाम लगाएको समेत उहाँको भनाई छ ।

सभामुख सापकोटाले संविधान सभाबाट निर्मित संविधानको मर्म र भावना एवं लोकतन्त्रको सार्वभौम मान्यता अनुसार प्रतिनिधि सभालाई पुनर्स्थापना गर्ने ऐतिहासिक फैसलाका लागि सर्वाेच्च अदालतप्रति आभार प्रकट गर्नुभएको छ । उहाँले प्रतिनिधि सभाको पुनर्स्थापनासँगै राजनीतिक स्थिरता र समृद्धिको चाहनालाई सम्बोधन गर्ने लक्ष्यमा दत्तचित्त हुन सबैलाई प्रेरणा मिल्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया