एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको नवौँ अधिवेशन सुरु भएको छ । सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको अधिवेशन पनि सुरु भएको हो ।
बैठकको शुभारम्भ गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वानका सम्बन्धमा गएकाे असार ३१ गते पढाउनुभएको पत्र पढेर सुनाउनुभयो । बैठकमा सर्वोच्च अदालतको परमादेश अनुसार प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको र प्रधानमन्त्री देउवाको सिफारिसमा मन्त्रीहरु नियुक्त गरिएको सम्बन्धमा राष्ट्रपति कार्यालयले पठाएको पत्र पनि अध्यक्ष तिमिल्सिनाले पढेर सुुनाउनुभएको थियो ।
अहिले बैठकमा दलका नेताहरुले अधिवेशन प्रारम्भ भएको अवसरमा आ-आफ्नो दलको तर्फबाट मन्तव्य राखिरहेका छन् । बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसले कोरोना विरुद्धको खोपमा कमी आउन नदिन सरकारको ध्यानाकर्षण गराएको छ । नवौँ अधिवेशनको शुभारम्भमा नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले कोरोनाविरुद्धको खोपमा कमी आउन नदिन सरकारसँग आग्रह गर्नु भएको हो । त्यसै गरी उहाँले मनसुनी वर्षासँगै आएको बाढी, पहिरो र डुबान प्रभावितहरुका लागि तत्काल राहतको व्यवस्था गर्न पनि सरकारसँग अनुरोध गर्नु भयो । सांसद अधिकारीले देशमा सुशासन र समृद्धि ल्याउने गरी कानुन निर्माण गर्नुपर्ने, सत्तापक्ष, प्रतिपक्ष सबै दलले हातेमालो गरेर आवश्यक्ता अनुसार संविधान संशोधन गर्दै लैजानुपर्नेमा पनि जोड दिनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।