प्रतिनिधि सभाको दोस्रो बैठक सुरु, प्रधानमन्त्री देउवाले विश्वासको मत पाउने सम्भावना बलियो

 साउन ३, २०७८ आइतबार १८:२७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेपछि प्रतिनिधि सभा बैठकमा यसको प्रक्रिया सुरु भएको छ । केहीबेर अघि सुरु भएको आजको प्रतिनिधि सभाको दोस्रो बैठकमा विश्वासको मतका लागि प्रक्रिया सुरु भएको हो ।

बैठकको सुरुमा सभामुखले प्रधानमन्त्रीलाई विश्वासको मत लिने प्रस्ताव राख्न समय दिने, त्यसपछि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तर्फबाट सांसदहरुले विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिने, प्रधानमन्त्रीले उठेका प्रश्नहरुको जवाफ दिने र विश्वासको मत प्राप्त गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने कार्यसूची तय भएको छ ।

प्रतिनिधि सभामा नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाको उपेन्द्र यादवको पक्षमा १७ र राष्ट्रिय जनमोर्चाकी एक सांसद गरी देउवाको पक्षमा १२८ मत पुग्छ । प्रतिनिधिसभामा अहिले कायम रहेका कुल २७१ सदस्यमध्ये बहुमत पुर्‍याउन प्रधानमन्त्री देउवालाई १३६ मत आवश्यक पर्छ । एमालेको माधव नेपाल समूहको कम्तिमा ८ मत पाएमा उहाँले विश्वासको मत पाउनुहुन्छ । नेपालसहित उहाँ पक्षका धेरै सांसदले देउवालाई विश्वासको मत दिने बताएका छन् ।

जसपाको महन्थ ठाकुर पक्षका सांसदलेसमेत देउवालाई विश्वासको मत दिने भएका छन् । यस हिसाबले देउवालाई सजिलै विश्वासको मत जुट्ने सम्भावना छ । एमालेको संस्थापन पक्षले भने देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । पार्टीभित्र र आफ्नो समूहमा समेत कुरा नमिलेपछि एमाले सांसद भीम रावलले राजीनामा दिनुभएको छ । एमालेको १२१ सांसदमध्ये २६ जनाले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाएका थिए भने तीमध्ये २३ जना सांसदले सर्वोच्च अदालतमा परेको रिटका पक्षका हस्ताक्षर गरेका थिए।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया