एमालेभित्रको सङ्कट झनै चुलियो, पार्टी एकताको पहल नरोकिने नेता विष्टको भनाइ

 साउन ४, २०७८ सोमबार ७:५७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा एमालेको संस्थापन पक्षका सांसदहरुले नै पार्टीको निर्देशन उल्लङ्घन गरेपछि सङ्कट झनै चुलिएको छ । पार्टीले विश्वासको मतको विपक्षमा उभिन ह्वीप जारी गरे पनि एमालेका ३३ जना सांसदले त्यसको उल्लङ्घन गरेका छन् । एमालेका २२ जना सांसदले देउवाको पक्षमा मतदान गरे भने ११ जना अनुपस्थित भए ।

माधव नेपाल समूहका १४ र ओली समूहका ८ जनाले देउवालाई विश्वासको मत दिएका हुन् । पार्टी एकताको पहल गरिरहेका नेपाल समूहका घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरु मतदान प्रक्रियामा सहभागी भएनन् । पार्टी उपाध्यक्ष भीम रावलले भने सांसद पदबाट राजीनामा दिनुभएको छ ।

एमालेको हिजोको स्थायी कमिटी बैठकले प्रधानमन्त्री देउवाको पक्षमा मतदान गर्ने सांसदहरु पार्टीमा नरहने निर्णय गरेको थियो । तर स्थायी बैठकको निर्णय र निर्देशन विपरीत संस्थापन पक्षकै सांसदहरुले देउवाको पक्षमा मतदान गरेका छन् । यसले पार्टीभित्र सङ्कट उत्पन्न गरे पनि पार्टी एकताको पहल नरोकिने नेता गोकर्ण विष्टले बताउनुभयो ।

उज्यालोसँगको कुराकानीमा उहाँले हिजोको घटनाक्रमले केही असहज र अप्ठ्यारो अवस्था आए पनि पार्टी एकतालाई निष्कर्षमा पुर्याउने गरी अघि बढ्ने बताउनुभयो । यसअघि एमालेका नेताहरुले १० बुँदे सहमतिका आधारमा नै पार्टीलाई एकताबद्ध बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया