एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – सरकारले बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज साेमवार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीको पवित्र पर्व इदको अवसरमा साउन ६ गते बुधवार देशैभरि सार्वजनिक बिदा दिने निर्णय गरेको कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
यस्तै बैठकले नेपाललाई कोरोनाविरुद्धको थप खोप उपलब्ध गराउन मित्र राष्ट्र, विदेशी दाता र कम्पनीलाई आग्रह पनि गरेको छ । सकभर अनुदानमा खोप दिन तथा नेपालले खरिद गर्ने खोपलाई पनि प्राथमिकतामा राख्न सरकारले आग्रह गरेको छ ।
उहाँले भन्नुभयो, ‘नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने छिमेकीलगायत सबै मित्र राष्ट्रलाई नेपाल सरकारले हार्दिक धन्यवाद दिएको छ । साथै अनुदानमा वा खरिदबाट थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा अन्य मित्र राष्ट्रलाई आह्वान गर्दछ ।’
यस्तै मन्त्रिपरिषद्को बैठकले सिन्धुपाल्चोकको मेलम्ची र मनाङको बाढी प्रभावित क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।