जापान पठाइदिने भन्दै झन्डै ४० लाख ठगी, चार जना पक्राउ

 साउन ४, २०७८ सोमबार २०:२२:५५ | रासस
unn.prixa.net

काठमाण्डाै – जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग ३९ लाख ६८ हजार नाै सय ९६ रुपैयाँ ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय अपराध महाशाखा नयाँ बानेश्वरको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न व्यक्तिसँग ठगी गर्ने मकवानपुरकी ३७ वर्षीया शुभद्रा परियार, इलामका ३३ वर्षीया पूजा राई, सिन्धुपाल्चोकका ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुरकी २१ वर्षीया दीपिका केसीलाई आज काठमाण्डाैका विभिन्न स्थानबाट पक्राउ गरेको हो । 

सामाजिक सञ्जाल फेसबुकमा ‘टानाकायोका’ को नामबाट फेसबुकको प्रयोग गरी आफू जापानको अध्यागमनमा काम गर्ने नागरिक हो भन्दै ‘वर्किङ भिसा’ प्रक्रियाका लागि रकम पठाउनुपर्छ भनी ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

उनीहरूले पीडितलाई पैसा आफ्नो खातामा राख्न लगाएर जापान नपठाइ ठगी गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाण्डाै पठाइएको महाशाखाले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया