एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – यस वर्षकाे निषेधाज्ञाको अवधि अर्थात् गएको वैशाख १६ गतेदेखि असार मसान्तसम्म ६ सय ८० महिलामाथि हिंसा भएको तथ्याङ्क सार्वजनिक भएको छ । कोरोना महामारी रोकथामका लागि सरकारले जारी गरेको निषेधाज्ञाको अवधिमा महिला पुनर्स्थापना केन्द्र, ओरेकले सङ्कलन गरेको तथ्याङ्कअनुसार ६३ जिल्लामा ६ सय ८० महिला हिंसामा परेका हुन् ।
निषेधाज्ञाको अवधिमा अभिलेखीकरण गरिएका ६ सय ८० घटनामध्ये तीन सय ४१ घटना घरेलु हिंसाका रहेका छन् । ५० प्रतिशत हिंसा घरभित्रै हुने गरेका पाइएको ओरेक नेपालमा कार्यकारी निर्देशक लुभराज न्यौपानेले बताउनुभयो ।
घरेलु हिंसाका घटनामा महिलालाई दाइजो नल्याएको वा कम ल्याएको, छोरी जन्माएको, विवाह भएको लामो समयसम्म बच्चा नजन्मिएको लगायतका कारण भएको देखिन्छ । सामाजिक हिंसाका घटनामा यौन दुर्व्यवहार तथा मानव बेचबिखनका घटना छन् ।
धेरैजसो महिला श्रीमान्, घरका सदस्य, नातेदार तथा छिमेकीबाट पीडित भएको पाइएको पनि निर्देशक न्यौपानेले बताउनुभयो । हिंसामा पर्ने महिलामध्ये ३१ प्रतिशतभन्दा धेरै १७ देखि २५ वर्ष उमेर समूहका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।