कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि, अध्ययन गरेकै विद्यालयबाट परीक्षा दिन पाइने

 साउन ५, २०७८ मंगलबार १९:०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज मङ्गलवार बसेको बैठकले साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । 

विद्यार्थीहरूले आफूले अध्ययन गरेकै विद्यालयबाट परीक्षा दिन पाउने छन् । गएको जेठ २६ गतेदेखि सुरु गर्ने तय भएको परीक्षा कोरोना सङ्क्रमण जोखिमका कारण लगाइएको निषेधाज्ञाले गर्दा स्थगित भएको थियो । यस पर्ष सय पूर्णाङ्कै परीक्षा भौतिक उपस्थितीमा गर्ने पनि अध्यक्ष पौडेलले जानकारी दिनुभयो । 

गएको वर्ष बोर्डले ४० प्रतिशतका लागि परीक्षा लिएर बाँकी ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कनको आधारमा परीक्षा लिएको थियो । यो विधिको आलोचनासमेत भएको थियो । 

यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेका स्वास्थ्यका माण्दण्ड पूर्ण रूपमा पालना गरेर परीक्षा सञ्चालन गरिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।  
 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया