देशभरको मौसम दिनभर बद्ली, धेरै ठाउँमा पानी पर्ने

 साउन ६, २०७८ बुधबार ९:१७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । आज दिनभरि नै देशभरको मौसम पूर्ण बद्ली रहने छ ।

आज धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले बताएका छन् । लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, आज राति पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा राति ठूलो पानी पर्ने महाशाखाले जनाएको छ ।

यस्तै भोलि पनि गण्डकी र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने पूर्वानुमान छ । यस्तै आज देशका प्रमुख तथा मझौला नदीहरुमा पानीको बहाव सतर्कता तह भन्दा तलै रहने अनुमान गरिएको छ । बिहान सूचना निकालेर बाढी पूर्वानुमान महाशाखाले देशका धेरै नदी तथा खोलामा पानीको बहाव सतर्कता तह भन्दा तलै रहने जनाएको हो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया