२४ घण्टामा २ हजार ८ सय ३८ जनामा काेराेना पुष्टि, १ हजार ४ सय ७५ जना सङ्क्रमणमुक्त

 साउन ६, २०७८ बुधबार १७:६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार आठ सय ३८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । आठ हजार सात सय १५ जनाको पीसीआर र तीन हजार नौ सय एक जनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार आठ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

योसहित नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमण पुष्टि हुनेको सात लाख २४ हजार चार सय ५५ पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा एक हजार चार सय ७५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ३६ हजार चार सय दुई जना पुगेको छ । अहिले नेपालमा २६ हजार आठ सय ३२ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । 

यस्तै थप ३० जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ६ सय ३७ जना पुगेको मन्त्रालयले जनाएकाे छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया