साउदीले भिसाको म्याद आउँदो अगस्ट ३१ सम्म स्वतः बढाइदिने

 साउन ६, २०७८ बुधबार १८:९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीले कोरोना महामारीका कारण देशबाहिर रोकिएका विदेशी श्रमिकको आवासीय अनुमति पत्र(अकामा)को समय बढाउने भएको छ । 

साउदीबाट आफ्नो देश गएका र कोरोनाको कारण फर्कन नपाएका विदेशी श्रमिकको आवासीय अनुमति पत्र(अकामा)को म्याद आउँदो अगस्ट ३१ सम्म स्वतः बढ्ने अरब न्युजले खबर लेखेको छ ।

यसका साथै साउदीले भिजिट भिसा र एक्जिट एण्ड इन्ट्री भिसाको म्याद पनि अगस्ट ३१ सम्म निःशुल्क बढाउने जनाएको छ ।

कोरोना महामारी रोकथामका लागि अपनाइएका विभिन्न मापदण्डका कारण समयमा देश छाड्न र फर्कन सक्ने अवस्था नभएको भन्दै साउदीले यो नियम बनाएको जनाएको छ ।

यसबाट बिदामा नेपाल आएर साउदी फर्कन नपाएका र भिसा र करार सकिँदा पनि साउदीबाट स्वदेश फर्कन नपाएका नेपाली श्रमिकलाई पनि फाइदा हुनेछ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया