एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – नेकपा माओवादी केन्द्रले गठबन्धनका राजनीतिक पार्टीहरूका बीचमा न्यूनतम साझा कार्यक्रम छिटो भन्दा छिटो तय गर्न आह्वान गरेको छ । माओवादी केन्द्रको बुधवार बसेको स्थायी कमिटी बैठकले गठबन्धनको सरकारलाई न्यूनतम साझा कार्यक्रम र साझा प्रतिबद्धतामार्फत अगाडि बढाउनुपर्ने भएकाले साझा प्राथमिकताका कार्यक्रम र प्रतिबद्धता तय गर्न आह्वान गरेको हो ।
बैठकले विगतको सरकारले देखाएको आचरण अबको गठबन्धनको सरकारले देखाउन नहुने र विगतमा गरिएका प्रतिबद्धताअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिएको पनि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयाे, ‘हामीले हिजो जुन प्रवृत्तिका विरुद्ध सङ्घर्ष गर्याैँ, त्यो कुनै पनि ढङ्गबाट अब देखिनु हुँदैन । पुनरावृत्ति हुनु हुँदैन । त्यसमा जोड गर्ने भनेर आज हाम्रो पार्टीले त्यसमा जोड दिएको छ । त्यसका निम्ति गठबन्धनको सरकारलाई न्यूनतम साझा कार्यक्रम वा साझा प्रतिबद्धतामार्फत अगाडि बढाउनुपर्ने भएकोले छिटो भन्दा छिटो गठबन्धनका पार्टीहरू सम्मिलित भएर कार्यक्रम र प्रतिबद्धता तुरुन्तै तय गर्न पार्टीले आह्वान गरेको छ । र त्यसैअनुसार कार्यदलका सदस्यहरूलाई निर्देशन दिइएको छ ।’
माओवादीले पार्टी निर्माणको प्रक्रियालाई व्यवस्थित र तीव्र पार्ने निष्कर्ष निकाल्दै केन्द्रीय कमिटीको बैठक साउन २० गते र स्थायी कमिटीको बैठक साउन १७ गते निर्णय पनि गरेको छ । त्यसैगरी साउन ९ गते नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिमा केन्द्रीय कार्यालय पेरिसडाँडा र देशभरका पार्टी कार्यालयमा कार्यक्रम गर्ने निर्णय पनि गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।