एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
पर्वत – एसियाकै नमुना झाेलुङ्गे पुल बनाएर बन्जी र स्विङ सञ्चालन गर्दै आएको द क्लिफ प्रालीले आफ्नै रिसोर्ट परिसर बाग्लुङको बलेवामा 'हाई रोप स्टेशन' को निर्माण गरेको छ ।
स्टिल केवलको सहायतामा हार्नेस लगाएर भिरमा 'हनी हन्टिङ' गर्ने शैलीमा हाई रोप स्टेशन चढिने कम्पनीका अध्यक्ष राजु कार्कीले बताउनुभयाे । स्टेशन नदीबाट दुई सय ५० मिटर अग्लो भएको बताइएको छ ।
यस्तै बन्जीका लागि बनाइएको नमुना पुलमा राँको शैलीको सोलार बत्ती राखिएको छ । पाँच सय २५ मिटर लामो पुलमा वार–पार राखिएको सोलार बत्तीले रातको समयमा थप आकर्षण दिने कार्की बताउनु हुन्छ ।
साथै रिसोर्टमै भगवान् पाइलाको निर्माण भइरहेको छ । जमिनबाट पाँच मिटर अग्लो हुने पाइलामा गएर पर्यटकले आसपासका दृश्यावलोकन गर्न सक्ने कम्पनीले जनाएकाे छ । पाइला पनि नदीबाट दुई सय ५० मिटरको उचाइमा रहने बताइएको छ । पाइलाको तल 'सेफ्टीनेट' राखेर सुरक्षा सावधानी अपनाइने बताइएको छ ।
यस्ता खालका गतिविधिले पर्यटकलाई उचाइको डरसँग सामना गर्न सघाउने बताउँदै कार्की भन्नु हुन्छ, 'भोलिका दिनमा पनि अन्य साहसिक गतिविधि थप्दै लैजाने योजना रहेको छ ।'
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।