आईएमई पे मल्पी इन्टरनेशनल कलेजको डिजिटल पेमेन्ट पार्टनर हुने

 साउन ६, २०७८ बुधबार २१:०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईएमई पे र मल्पी इन्टरनेशनल कलेजबीच एक समझदारी भएको छ । समझदारी अनुसार आईएमई पे मल्पी इन्टरनेशनल कलेजको डिजिटल पेमेन्ट पार्टनर हुनेछ भने मल्पी इन्टरनेशनल कलेजका विद्यार्थीहरूले आइएमई पेमा इन्टर्नशिपको अवसर पाउनेछन् । 

सेन्टर फर क्यारियर गाइडेन्स एण्ड प्लेसमेन्टको विशेष पहलमा भएको यस समझदारीमा  प्रविधि मानवीय जीवनको एक महत्वपूर्ण भाग बन्दै गएको उल्लेख गरिएको छ । धेरै टेक फर्महरुले नेपाली बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुँदै आइरहेको सन्दर्भमा फिन टेक कम्पनीहरुले मानवीय जीवनलाई सहज बनाउनका साथै विद्यार्थीहरुको लागि थुप्रै अवसरका ढोकाहरु पनि खोलिदिएका छन् ।

वित्त र प्रविधिको उत्तम मिश्रणले विश्वभरिका अवरोधहरुको समाधान निकाल्न नयाँ नयाँ रोजगारीका अवसरहरूको पनि सिर्जना गरिरहेका छन् । समझदारी यस्तै विषयवस्तुहरूलाई ध्यानमा राख्दै गरिएको आईएमईले जनाएकोछ । युवा पुस्ताको सीप र क्षमतालाई डिजिटल उद्योगको विकास र विस्तारमा कसरी खपत गर्न सकिन्छ भन्ने विषयमा अन्य कलेजहरूसँग पनि क्रमबद्व रूपमा थप छलफल गर्दै जाने आइएमई पे को योजना रहेको छ ।

झण्डै ३५ हजार एजेण्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आईएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया