जसपा विवादबारे आज निर्वाचन आयोगमा बहस

 साउन ७, २०७८ बिहिबार ७:४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा)को विवाद निरुपण गर्न निर्वाचन आयोगको इजलास आज बस्दैछ । आयोगले आज दुवै पक्षको बहस टुंग्याउने तयारी गरेको छ ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बहुमत, अल्पमत हेरेर निर्णय लिइने आयोगले जनाएको छ । राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेको पक्षलाई दलको आधिकारिकता दिने प्रावधान छ । आयोगले जसपा विवादबारे टुंगो लगाउन प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्सीय इजलास गठन गरेको थियो ।

इजलासले गएको आइतबारदेखि जसपा विवादबारे सुनुवाइ सुरु गरेको हो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • रन्जित विश्वकर्मा

    July 22, 2021, 7:14 a.m.

    मानवसभ्यता,ईश्वरवाद र धर्म :- जब मानव मस्तिष्कले प्राकृतिक घटनाक्रम र परिवर्तनलाई बुझ्न तथा विश्लेषण गर्न सकेन तब बाह्य शक्ति(ईश्वर)काे कारणले यी यावत घटनाक्रम घटेको हाे भनी एक किसिमको मान्यता निर्माण गर्याे।साेहि मान्यता क्रमश एक पुस्ता बाट अर्को पुस्तामा स्थापित हुदै अायाे। मानिसहरू समुदायमा बस्न सुरू गरेपछि विभिन्न नियमहरू बानाइदै अाए।भिन्न भिन्न भाैगाेलिक क्षेत्रमा बस्ने समुदायले अा-अाफ्नै नियमहरू बनाए।त्यतिबेला बनाइएको नियम नै तत्तत समुदायको कानुन बन्यो।स्वभावतः नियम बनाउने मानिसहरू समुदायका जेष्ठ,गन्यमान्य तथा उक्त समुदायको शासकहरूले बनाए।र पछि त्यसलाई पाप पुण्य,स्वर्ग नर्क तथा धर्मको नाममा विकसित गरियाे।समाजमा बस्ने सबैलाई केही शासकहरूले बनाएको नियममा बस्नु नै धर्म हाे र यदि त्यस अनुरूप नियमको पालना नगरे नर्क जाने भन्ने खालकाे डर देखाइयो र मानिसहरूलाई त्यही डरकाे परिधिभित्र बाँधिन बाध्य गराइयो।पुर्खा देखि चलिअाएकाे संस्कारलाई पछिल्ला पुस्ताहरूले पनि स्वत स्विकार्दै अाए।केही हदसम्म ती नियमहरू सामाजिक सुधारका पक्षमा पनि थिए नै।तर अधिकांश नियम चाहिँ समाजका निश्चित शासक वर्गहरूकाे पक्षमा नै थियाे। चाेरि गर्नु,झुट बाेल्नु, हत्या हिंसा गर्नु इत्यादी पाप वा अधर्म हाे भनी भन्नू त गलत हाेईन तर त्यहि काम शासकहरूले गर्दा चाहिँ नजरअन्दाज गर्नु तथा धर्मसंहिता नताेडिनु कतिकाे न्यायिक हुन्छ?हामी यसैपनि अन्दाज लगाउन सक्छौँ कि अहिलेकाे लाेकतान्त्रिक समयमा त अन्यायकाे विरूद्ध अावाज उठाउदा राज्यकाे शासनसत्तामा रहेकाहरूले दबाउन खाेज्छन भने पहिलेकाे त्याे समयमा शासकहरूकाे दमन कति चरम थियाे हाेला। धर्मका नाममा धेरै त्यस्ता मान्यताहरूकाे विकास हुदै अायाे जसले समाजमा तहगत संरचनाको निर्माण गर्दै अायाे। समाजमा जसकाे भाैतिक प्रतिष्ठा निम्न छ,समाजमा जाे कमजाेर छ, जाे शारीरिक बनावटमा अरूभन्दा भिन्न छ,त्याे वर्गलाई झनै याे मान्यताले दबाउदै अाईरह्याे।यी सबै मान्यताहरूकाे एउटा मिल्दोजुल्दो पक्ष चाहिँ के छ भने सबै समुदायका महिलाहरूलाई यसले तल्लाे दर्जाको बानायाे।चाहेे त्याे इस्लामी समुदायको हाेस, चाहे इसाई या हिन्दु यी सबै समुदायमा महिलाहरू प्रति निकै पक्षपाती मान्यताहरू निर्माण गरिएको हामी प्रष्ट देख्न सक्छौँ।दक्षिण एसियामा विकसित भएकाे हिन्दु समुदायमा त झन समाजलाई यसरी वर्गीकरण गरियाे कि एक निश्चित समुदाय मात्रै प्राकृति हकमा पनि सधैं अधिकारी रहने बनायाे,पाप पुण्य,स्वर्ग नर्क काे मान्यता लादेर तहगत संरचना निर्माण गर्दै मान्छे मान्छे मा नै जातकै अाधारमा ठुलाे र सानाे बानईदियाे।फलस्वरूप माथिल्लो जातका भनिनेहरू क्रमिक रूपमा राज्य तथा प्राकृति स्राेत र साधनको अधिक हकदार भयाे।र यसाे गर्नु नै धर्मसंहिता अनुरूप हुन्छ भन्ने संस्कृति स्थापित भयाे। साेचाैँ त के याे मानव सभ्यताको न्यायिक पक्ष हाे? अाजभन्दा २,५००बर्ष अगाडि नै सिद्धार्थ गाैतमले दक्षिण एसियामा विकसित यस मान्यताकाे बहिस्कार नै गरेका थिए।उनले धर्म र ईश्वरवाद अलग हुन भन्ने मान्यताकाे प्रतिपादन गरेका थिए। जुन कुरा वा विचार मानव समुदायले धारण गर्न याेग्य हुन्छ,जुन चिजलाई तथ्य र तथ्यांकअनुसार ठिक साबित गर्छ त्याे धारण गर्नुनै ठिक अर्थमा धर्म हाे भनेका थिए।पुर्वजन्म,पुनर्जन्म,भाग्यवाद स्वर्ग,नर्क लाई उनले ठाडै बहिष्कार गरे।यस अर्थमा ईश्वरवाद पुर्णतया काल्पनिक विचार मात्रै हाे यसकाे कुनै प्रमाण नै छैन र प्रमाण नभएको चिज धारण गर्नु धर्म हाेईन याे केवल अन्धविश्वास हाे।तर उनले प्रतिपादन गरेका सिद्धान्तलाई अहिले उनकै अनुयायी भनिनेहरूले अपनाउन नसक्नु विडम्बना हाे। अबको वैज्ञानिक युगमा मानव सभ्यतालाई अगाडि बढाउन वा अझ विकसित गर्न कुनैपनि काल्पनिक मान्यतालाई अात्मसाथ गर्न पर्दैन भनी बुझ्नु नै ठिक हुन्छ।हामीले इतिहासको घटनाक्रम तिर ध्यान दिन जरुरी छ किनभने अाजसम्म जतिपनि युद्ध भयाे त्याे काल्पनिक ईश्वरवाद कै दावि अथवा अलग अलग समुदायका बिच अाफ्नै ईश्वरवादकाे दबाब राखिरहन ठुलाे संख्यामा मानविय हिंसात्मक लडाइँ भए र भइरहेका छन।साच्चिकै मानव सभ्यताको सहि तरिकाबाट विकास चाहाने हाे भने यस्ता अन्धविश्वास तथा काल्पनिक विचारधारा त्याग्नैपर्छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया