मनाङमा निरन्तर बाढी : चामेमा विद्यालय जोगाउन तटबन्ध बनाइँदै

 साउन ७, २०७८ बिहीबार १०:२९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

मनाङ – मनाङमा असार १ गतेदेखि निरन्तर बाढी आउँदा जनजीवन कष्टकर बनाएको छ । बाढीका कारण ४० दिनदेखि बिजुली आपूर्ति ठप्प भएको छ । बाढीले सडक र पुलसमेत बगाएपछि आवतजावतमा समस्या परेको छ ।

गएको असार १ गतेदेखि बाढीले सडक र बस्तीमा क्षति गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार माथिल्लो मनाङ पुग्ने झण्डै डेढ किलोमिटर बाटो छैन । भीर मात्रै भएकाले नयाँ बाटो खोल्न गाह्रो परेको छ । बाढीले मनाङको चामे गाउँपालिकामा रहेको लोकप्रिय मावि पनि खतरामा परेको छ ।

वि.स. २०४० सालमा स्थापना भएको आवासीय विद्यालय बाढीको जोखिममा परेपछि विद्यालयका सामग्रीहरु सुरक्षित ठाउँमा सारिएको छ । विद्यालय जोगाउनका लागि त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित स्थानियबासिन्दा तटबन्ध निर्माणमा जुटेका छन् । मर्स्याङ्दी नदीको बहावलाई फर्काउन तटबन्ध निर्माण थालिएको मनाङका सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले उज्यालोलाई जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया