हङकङलाई २ सय २६ रनले हराउँदै नेपालले एक खेलअघि नै जित्याे ...
पुस ३, २०८१ बुधबार
काठमाण्डौ – भारत र अस्ट्रलियाबीचको तेस्रो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ । अस्ट्रलियाले भारतलाई दुई सय ७५ रनको लक्ष्य दिएको थियो । भारतले दोस्रो पारीमा एक विकेट नगुमाई आठ रन बनाएको थियो । तर खेलको पाँचौँ दिनको चिया समयपछि वर्षाका कारण खेल बराबरीमा सकिएको हो ।
अस्ट्रलियाले दोस्रो पारीमा सात विकेट गुमाएर ८९ रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो । दोस्रो पारीमा अस्ट्रलियाका कप्तान प्याट कमिन्सले सबैभन्दा धेरै २२ रन बनाए । भारतका जसप्रित बुमराहले तीन विकेट लिए ।
यसअघि ब्रिसबेनमा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रलियाले पहिलो पारीमा स्टेभ स्मिथ र ट्राभिस हेडको शतक तथा एलेक्स केरीको अर्धशतकको मद्दतमा चार सय ४५ रन बनाएको थियो ।
भारतका जसप्रित बुमराहले छ विकेट लिए । यस्तै भारतले पहिलो पारीमा केएल राहुल र रविन्द्र जडेजाको अर्धशतकको मद्दतमा दुई सय ६० रन बनाएको थियो । अस्ट्रलियाका प्याट कमिन्सले चार विकेट लिए ।
पाँच खेलको बोर्डर गभास्कर टेस्ट शृङ्खलामा भारत र अस्ट्रलियाले १/१ खेल जितेका छन् । शृङ्खलाको चौथो खेल डिसेम्बर २६ देखि मेलबर्नमा शुरू हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।