शेयर बजार सामान्य घट्याे
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्विविद्यालयको जग्गा हिनामिना गर्ने जो कोही भए पनि कानूनअनुसार कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
त्रिविको जग्गा खोजबिन आयोगको प्रतिवेदन बुझेको भोलिपल्ट आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री ओलीले जग्गा त्रिवि मातहत ल्याउने र हिनामिना गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताउनुभएको हो । आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरेर खोजिने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।
सरकारले त्रिविको जग्गा र सम्पत्ति खोजबिन अध्ययन गर्न गएको जेठ १८ गते पूर्वसचिव शारदाप्रसाद त्रितालको नेतृत्वमा आयोग गठन गरेको थियो । आयोगले कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीलाई भेटेर हिजो अध्ययन प्रतिवेदन बुझाएको हो ।
त्रिविको एक हजार रोपनी जग्गा हिनामिना भएको आयोगको ठहर छ । त्रिविको तीन हजार सात सय रोपनी जग्गामध्ये एक हजार रोपनी जग्गा विभिन्न सङ्घ–संस्थाले प्रयोग गरिरहेको पत्ता लगाएको आयोगले जग्गा हिनामिनामा त्रिविका पदाधिकारी नै जिम्मेवार रहेको ठहर गरेको छ ।
मन्त्रिपरिषद्बाट समिति बनाएकाले प्रतिवेदन मन्त्रिपरिषद्मा पुर्याएर औपचारिक रूपमा खोल्ने र मन्त्रिपरिषद्ले निर्णय गरेपछि थप काम थाल्ने शिक्षा मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।