एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – साउदीमा आउँदो अगस्ट १ देखि कोरोनाविरुद्धको खोप नलगाएकाहरु सार्वजनिक स्थलमा जान नपाउने भएका छन् ।
साउदी अरबको नगरपालिका तथा ग्रामीण मामिला मन्त्रालयले सूचना निकालेर अगस्ट १ देखि खोप नलगाएका व्यक्तिलाई सपिङ मल, बजार, रिटेल पसललगायतका क्षेत्रमा जान प्रतिबन्ध लगाइने जनाएको हो । त्यस्तै ब्युटि पार्लर, वैवाहिक समारोह तथा पार्टी हल, रेस्टुरेन्ट, पुरुष सैलुनमा जानका लागि खोप लगाएको प्रमाण देखाउनुपर्ने मन्त्रालयले जनाएको छ ।
साउदी सरकारले कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि पछिल्लो समय कडाई गरिरहेको छ । यसपालीको हजमा पनि साउदीले आफ्ना देशका ६० हजार नागरिकलाई मात्र अनुमती दिएको थियो । हज जाने यात्रीका लागि कोरोना विरुद्धको दुवै खोप अनिवार्य गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।