झन्डै १९ अङ्कले बढेको नेप्सेले तीन हजार विन्दु नाघ्यो, ११ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

 साउन ७, २०७८ बिहीबार १५:३२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  शेयर बजार परिसूचक नेप्से आज बिहीवार झन्डै १९ अङ्कले बढेको छ । नेप्से आज १८ दशमलव ७५ अङ्कले बढेर तीन हजार चार दशमलव ३१ विन्दुमा पुगेको छ ।

आज बैंकिङ समूहको शेयर साढे ३५ अङ्कले,जलविद्युत समूहको २४, फाइनान्स र निर्जीवन बीमा समूहको ३८ र म्युचल फन्ड समूहको शेयर शून्य दशमलव ९२ अङ्कले बढेको छ । आज विकास बैंक, व्यापार, होटल, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, अन्य र लगानी समूहको शेयर भने घटेको छ ।

आज दुई सय २२ कम्पनीका पाँच करोड ५९ लाख ६४ हजार कित्ता शेयर ११ अर्ब ११ करोड ४१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै कृषि विकास बैंकको ४६ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज लक्ष्मी उन्नति कोष, सीईडीबी हाइड्रो र ङादी ग्रुप पावर कम्पनीकाे शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि हिमालयन पावर पार्टनरको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।  

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया