विप्लव र कमल थापाबीच भेटवार्ता

 साउन ८, २०७८ शुक्रबार १४:२६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । केही हप्तायता राजनीतिक भेटघाटमा व्यस्त विप्लवले आज शुक्रवार दिउँसाे राप्रपाका अध्यक्ष थापासँग भेट गर्नुभएको हो । 

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित थापा निवास बूढानीलकण्ठ पुग्नुभएका विप्लवले राप्रपाका अरू नेतासहित अध्यक्ष थापासँग भेट गर्नुभएको हो । भेटमा दुवै नेताले देश कठिन अवस्थामा पुगेको र वैदेशिक हस्तक्षेप बढ्दै गइरहेकाले सबै दल मिलेर राष्ट्रियता र स्वाधीनताको पक्षमा लड्नुपर्नेमा जोड दिएका छन् । 

विप्लवले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगको तीन बुँदे सहमतिपछि खुला राजनीतिमा आए पनि अझै कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

यस्तै विप्लव नेतृत्वको माओवादीसँग सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने राप्रपाको धारणा रहेको नेता थापाले बताउनुभयाे ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया