१७ हजार ३ सय ८ जनाकाे नमुना परीक्षण गर्दा झन्डै ३ हजार जनामा काेराेना पुष्टि

 साउन ८, २०७८ शुक्रबार १६:२१:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार नौ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १३ हजार ६ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार नौ सय ८२ जना र तीन हजार ६ सय १० जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय ९५ जना गरी दुई हजार नौ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा कुल परीक्षणको १७ प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ३० हजार एक सय ४६ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार ६ सय ७८ जना निको भएसँगै निको हुनेको सङ्ख्या ६ लाख ३९ हजार तीन सय ६८ पुगेको छ ।

यस्तै थप १८ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ६ सय ७९ पुगेको छ ।

अहिले नेपालमा २७ हजार ६ सय ६१ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ६ सय ८२ जनाको आईसीयू र एक सय ७५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया