टोकियो ओलम्पिकमा सुटिङकी कल्पनाको राष्ट्रिय कीर्तिमान

 साउन ९, २०७८ शनिबार ८:१२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - टोकियो ओलम्पिकमा सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

आज बिहान भएको छनोट चरणमा कल्पनाले आसाका सुटिङमा ६ सय १६ दशमलव ८ अङ्क जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । कल्पनाले आफ्नै नामको राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी हुन् ।

उनले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा ६ सय १४ दशमलव ५ अङ्क जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन । राष्ट्रिय कीर्तिमान बनाए पनि उनी फाइनल चरणमा पुग्न सकिनन् ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया