नेपाली कांग्रेसको वडा अधिवेशन तत्कालको लागि स्थगित

 साउन ९, २०७८ शनिबार १३:५४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसको वडा अधिवेशन तत्कालको लागि स्थगित भएको छ । प्रधानन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको बैठकले साउन १२ गतेको लागि तोकिएको वडा अधिवेशन तयारी नपुगेको भन्दै स्थगित गर्ने निर्णय गरेको हो ।

अधिवेशनको अर्को मिति छिटै तोकिने प्रवक्ता विश्वप्रकास शर्माले जानकारी दिनुभयो । भदौ १६ गतेदेखि हुने चौधौँ केन्द्रीय महाधिवेशनको लागि कांग्रेसले साउन १२ गते वडा अधिवेशन, साउन १६ गते पालिकाको अधिवेशन, २० गते प्रदेशसभा क्षेत्र तथा २३ र २६ गते प्रतिनिधिसभा क्षेत्रको अधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ ।

यस्तै भदौको १ र २ गते प्रदेश अधिवेशनको कार्यतालिका छ । वडाको अधिवेशन स्थगित भएपनि अरु अधिवेशनको तालिकाको बारेमा अहिले कुनै निर्णय नभएको प्रवक्ता शर्माले जानकारी दिनुभयो । कांग्रेसले औपचारिक निर्णय नगरेपनि महाधिवेशन सर्ने सम्भावना धेरै छ । क्रियाशिल सदस्यताको विवाद नटुंगिदा पार्टी कार्यालयमै धर्ना र अनसन चलिरहेको छ । तल्लो तहको अधिवेशन हेरफेर गरिए पनि महाधिवेशन तोकिएकै मितिमा हुनुपर्नेमा कांग्रेस नेताहरुले जोड दिंदै आएका छन् ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया