एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डौ - निर्मला पन्त हत्या घटनाको तीन वर्ष पुग्दा पनि दोषी पत्ता लागेको छैन । निर्मलाकी आमा दुर्गादेवी पन्तले दोषीलाई कारबाही हुने आशा मरेको बताउनु भएको छ ।
२०७५ साल साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडामा रहेको घरमा गएकी निर्मलाको भोलिपल्ट महेन्द्रनगर–उलटाखाम सडकछेउको उखुबारीमा शव भेटिएको थियो । त्यसपछि दोषीलाई कारबाहीको माग गर्दै लगातार विरोध प्रदर्शन भइरहेको छ ।
२०७५ साल भदौ ८ गते प्रहरीले आन्दोलनकारीमाथि गोली चलाउँदा भीमदत्त–१८ भगतपुरका शनि खुनाको ज्यान गएको थियो । अहिले पनि निर्मला घटनामा ठोस प्रमाणकै खोजीमा रहेको प्रहरीले जनाएको छ ।
यसैबीच, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्मला पन्तको हत्या भएको आज तीन वर्ष पूरा भए पनि अहिलेसम्म हत्यारा पत्ता लगाउन नसकिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराउनु भएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत प्रतिपक्षी हुँदा उठाएको प्रश्नको जवाफ दिने ठाउँमा पुगेको भन्दै अब गहन दायित्व निभाउनुपर्ने बेला आएको बताउनुभयो । प्रवक्ता शर्माले बालिका तथा महिला हिंसा, बलात्कार र हत्याको अनेक घटना भइरहेको भन्दै नियन्त्रणका लागि राज्य कठोर बन्नु पर्ने बताउनु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।