प्रदेशमा कम्तीमा एक हजार सिलिन्डर अक्सिजन माैज्दात राख्न स्वास्थ्य मन्त्रालयकाे निर्देशन

 साउन ११, २०७८ सोमबार १८:४७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काेराेना सङ्क्रमणकाे सम्भावित तेस्राे लहरलाई मध्यनजर गर्दै सबै प्रदेशमा मौज्दात अक्सिजन सिलिन्डर व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

आज साेमवार एक विज्ञप्ति निकालेर स्वास्थ्य मन्त्रालयले कम्तीमा एक हजार वटा अक्सिजन सिलिन्डर मौज्दात राख्न निर्देशन सबै प्रदेशका सम्बधित निकायलाई निर्देशन दिएको हो । मन्त्रालयले निषेधाज्ञा जारी भए पनि कोरोना सङ्क्रमणकाे दरमा कमी नआएको भन्दै भविष्यमा तीव्र रूपमा कोरोनाको तेस्रो लहर आउन सक्ने चेतावनी दिएको छ ।

सम्भावित कोरोनाको महामारीका लागि सबै प्रदेशको आपूर्ति केन्द्रमा अक्सिजन सिलिन्डर तयारी अवस्थामा राख्न मन्त्रालयले आग्रह गरेको छ ।

यस्तै मन्त्रालयले भएका मौजुदा सिलिन्डर पनि खाली नराख्न निर्देशन दिएको छ । अक्सिजन पीएसए प्लान्ट, अक्सिजन ट्याङ्क तथा अक्सिजन कन्सन्ट्रेटर चुस्त र चालु अवस्थामा राख्न पनि मन्त्रालयले भनेको छ ।  ​

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया