एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधि सभा सदस्य रेशम चौधरी पार्टीको आधिकारिकता विवादमा तटस्थ बस्नुभएको छ ।
जसपाको आधिकारिकता विवाद निरूपणका लागि आज सोमवार दिउँसो हस्ताक्षर सनाखत गर्न निर्वाचन आयोग पुग्नुभएका सांसद चौधरीले मूल पार्टी जसपा भएकाले कसैको पक्षमा पनि भोट हाल्न आफ्नो नैतिकताले नदिने भन्दै आफू तटस्थ बसेको बताउनुभएको हो ।
सांसद चौधरीले भन्नुभयो, जेलबाट आएर एउटा पक्ष र विपक्षमा सनाखत गर्न मेरो नियत र नैतिकताले दिएन, मेरा लागि पक्ष जसपा हो र विपक्ष पनि जसपा हो, म जसपाको एउटा कार्यकर्ता हुँ, आज राजनीतिक मुद्दाका कारण म जेल बस्नुपरेको छ, मेरो मुद्दामा राजनीतिक दल, मेरो पार्टी कत्तिको लडिरहेको छ, त्यो उहाँहरूको दृष्टिकोण हो ।
आफ्नो एकमात्र एजेन्डा न्याय भएको बताउँदै सांसद चौधरीले आफू पार्टीको बफादार सिपाही भएको र आफ्ना लागि महन्थ ठाकुर भीष्म पितामह सरह भएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।