एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै - झापाको पाडाजुगीबाट मोरङको उर्लाबारीसम्मको पाडाजुगी–उर्लाबारी ३३ केभी प्रसारण लाइन निर्माणमा स्थानीयले अवरोध गरेका छन् ।
उर्लाबारी नगरपालिका वडा नं ८ अठियाबारीका बासिन्दाले अहिले बत्ती बाल्नका लागि लाइन हुँदाहुँदै अर्को लाइन किन तानेको भन्दै निर्माणमा अवरोध गरेका हुन् ।
पाडाजुगी–उर्लाबारी प्रसारण लाइनको लम्बाइ १६ किलोमिटर छ । प्रशारण लाइन नबन्दा उर्लाबारीमा निर्माण गरिएको ३३ केभी सबस्टेशन सञ्चालनमा ल्याइ विद्युत आपूर्ति हुन सकेको छैन ।
नगर प्रमुख, उपप्रमुख, आन्दोलनकारीलगायतका सरोकारवालासँगको केही दिनअघि छलफल गरी निर्माण सुरु गर्ने विषयमा सहमति भएको थियो । तर, केही व्यक्तिले असहमति जनाउँदै निर्माणमा पुन:अवरोध गरेका हुन् ।
मोरङको उर्लाबारी, रतुवामाई पथरी शनिश्चरे नगरपालिका क्षेत्रका बासिन्दाले बेहोरिरहेको विद्युत् आपूर्तिको समस्या समाधान गर्न प्रसारण लाइन र सबस्टेशन निर्माण सुरु गरिएको हो । एसियाली विकास बैंकको ऋणमा वितरण प्रणाली सुदृढीकरण तथा विस्तार अन्तर्गत सञ्चालित आयोजनाको निर्माण सम्पन्न भएपछि त्यस भेगका करिब ३ लाख उपभोक्ताले गुणस्तरीय र भरपर्दो विद्युत उपभोग गर्न पाउने छन् । अहिले झापाको दमकबाट २ वटा ११ केभी फिडर लाइनमार्फत विद्युत आपूर्ति गरिएको छ ।
लाइनको लम्बाइ अत्याधिक भएकाले सामान्य अवस्थामा समेत विद्युत आपूर्तिमा समस्या आउने गरेको छ भने फिडर लाइनको ओभरलोड र ट्रिपिङको समस्या अत्याधिक छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
G.P. Subedi
July 29, 2021, 7:20 p.m.सबै भेडा हुन कसैले उचालेको भरमा नबुझीकनै कुर्लने बानि ले समस्या समाधान तिर हैन झन दोब्बर हुँदै जान्छ।