महन्थ ठाकुर पक्ष छलफलमा, ‘सरकारलाई समर्थन गरियाे तर सहभागी हुँदैनाैँ’

 साउन १२, २०७८ मंगलबार १५:७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्षले आउँदाे रणनीतिबारे छलफल सुरु गरेको छ । हिजाे सोमवार निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएपछि उत्पन्न परिस्थितिबारे ठाकुर पक्षका सङ्घीय सांसद र प्रदेश सभाका काठमाण्डौमा उपलब्ध सांसदहरूले आजदेखि छलफल सुरु गरेका हुन् ।

निर्वाचन आयोगले पार्टीको आधिकारिकताका सम्बन्धमा फैसला गरेपछि त्यसको अध्ययन गरी कसरी अघि बढ्ने भन्ने विषयमा छलफल सुरु भएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगको फैसला आयो, पार्टीको आधिकारिकताका सम्बन्धमा । आयोगका फैसलाका नक्कल प्राप्त भएका छन् । त्यसलाई अध्ययन गरेर कसरी अघि बढ्ने भन्ने विषयमा छलफल सुरु गरिएको छ ।’

‘ठाकुर पक्षले शेरबहादुर देउवा नेतृत्वको सरकारमा भने नजाने स्पष्ट पारेको छ । सरकारलाई समर्थन गरियो । तर सहभागी हुँदैनौँ । अहिले पनि विपक्षमा बस्छौँ’, नेता कर्णले सञ्चारकर्मीमाझ स्पष्ट पार्नुभयो, ‘हामी सरकारमा सहभागी हुँदैनाैँ ।’

ठाकुर पक्षले निर्वाचन आयोगले आफ्नो पार्टी फुटाइदिएको आरोप लगाउँदैै आएको छ । सोमवार ५१ जना केन्द्रीय कार्यकारिणी समितिका सदस्यमध्ये ३४ जनाको समर्थन रहेपछि निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएको थियो ।  

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया