नेपालमा काेराेनाकाे डेल्टा भेरियन्टमा उत्परिवर्तन फेला, ‘तेस्राे लहरलाई थप बल पुर्‍यायाे’

 साउन १२, २०७८ मंगलबार १८:५४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपालमा कोरोना भाइरसको डेल्टा भेरियन्टमा उत्परिवर्तन फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको दिल्ली पठाएर ४७ वटा नमुनाको परीक्षण गरेकोमा तीन वटा नमुनामा डेल्टा भेरियन्टमा उत्परिवर्तन भेटिएको हो । जसलाई 'ए वाई वान' नाम दिइएको मन्त्रालयले जनाएको छ ।   

उत्परिवर्तन भएको यो भेरियन्टलाई डेल्टा प्लस नामले चिनिने गरेको छ । नेपालमा अहिलेसम्म अल्फा र डेल्टा भेरियन्ट तथा भेरियन्ट अफ इन्ट्रेस्टकाे रूपमा कप्पा भेरियन्ट पुष्टि भएको छ । यी भेरियन्टहरू सबै उमेर समूहका व्यक्तिलाई असर गर्ने अध्ययनले देखाएको मन्त्रालयले जनाएको छ । 

नयाँ 'म्युटेन्ट' सँगै तेस्रो लहरको चुनौतीलाई थप बल पुर्‍याएकाले सावधानीका उपायहरू अपनाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया