एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
सिन्धुली – राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा नेपाली सेनाद्वारा निर्मित सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको उद्घाटन गर्नुभएकाे छ । हेलिकोप्टरमार्फत सिन्धुली पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले संग्राहलयको उद्घाटन गर्नु भएको हो ।
नेपाली सेनाले झण्डै सात करोड रुपैयाँ लगानीमा बनाएको युद्ध सङ्ग्रहालय भवन र सजावटको काम सकिएपछि आज राष्ट्रपतिबाट उद्घाटन गरिएकाे हो । आज आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले वि.स. १८२४ को युद्धमा अंग्रेजहरुलाई परास्त गर्ने काजी वंशीराज पाण्डे, श्रीहर्ष पन्त, शिकारी अफिसर वंशी गुरुङ र खजाञ्ची वीरभद्र उपाध्यायको शालिक अनावरण गर्नुभयाे ।
सङ्ग्रहालय कमलामाई नगरपालिकालाई हस्तान्तरण गरिने छ । सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको २०७३ साल कात्तिक २४ गते शिलान्यास गरिएको थियो ।
सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यू ड्रागन/सिद्धगढी जेभी कोटेश्वरले गरेको थियो । भवनको डिजाइनर आर्किटेक्निक डेभलपमेन्टले गरेको हो । यस्तै भित्री सजावटको काम अल्टरनेट इन्फ्रास्ट्रक्चर प्रालि धुलिखेलले गरेको छ ।
सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्रहरु, सिन्धुलीगढी युद्धको टाइम लाइन, सेनाको नजरमा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्रहरु, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अङ्ग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, ब्रिटिश योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तकालय राखिएको छ ।
सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको विसं २०७३ कात्तिक २४ गते पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शिलान्यास गर्नुभएको थियो । नेपाल एकीकरणका क्रममा वि.स. १८२४ असोजमा सिन्धुलीगढीको युद्धमा काठमाण्डौ कब्जा गर्न इस्ट-इन्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अङ्ग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएको मानिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।