एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
गुल्मी – गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा चन्द्रकोट गाउँपालिका ४ का वर्ष ४३ का तेजबहादुर खत्री, वडा नम्बर ५ का ३६ वर्षका रेशम कार्की र रेसुङ्गा नगरपालिका २ का ६२ वर्षकी सुनिता विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बुधवार बिहान चन्द्रकोट गाउँपालिका अन्तर्गत शान्तिपुरबाट सदरमुकाम तम्घासका लागि छुटेको लु १ ज ४५५९ नम्बरको जीप मुसिकोट नगरपालिका ४ अन्तर्गत दोभान नजिकै दुर्घटनामा परेको थियो ।
दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको गुल्मी अस्पताल र चार जनाको अवस्था गम्भीर रहेकाले लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताउनुभयो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।