‘आइएमई  पे’ र साइकल सिटी नेटवर्क नेपालबीच सम्झौता

 साउन १५, २०७८ शुक्रबार १०:११:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे' र साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) बीच सम्झौता भएको छ । 

ग्रीन वे र आइएमई डिजिटल सोलुसन लिमिटेडबीच भएको सम्झौतापछि अबदेखि ग्रीन वे एपले आइएमई पे मार्फत भुक्तानी सेवा प्रदान गर्ने छन् । 

नेपालमा दिगो विकास तथा स्वास्थ्य जीवन र स्वच्छ सहरका लागि साइकल यात्रा अभियानको प्रवर्द्धन गर्न सहभागी हुने साइकल यात्रीलाई १ कि.मि साइकल यात्रा गरे बापत ३ हजार रुपैयाँ प्रदान गरिने भएकाे छ । 

यस रकम भुत्तानी गर्ने पेमेन्ट पार्टनर 'आइएमई पे' रहेको छ । आइएमई डिजिटल सोलुसन लिमिटेडका व्यापार व्यवस्थापक प्रमुख आमोद भट्टराईले ग्रीन वेकाे साइकल यात्रा प्रवर्द्धन अभियानलाई संस्थागत सामाजिक उत्तरदायित्वको हिस्साका रूपमा समर्थन गर्दै ‘आइएमई पे' को भुक्तानी सेवा सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विश्वस्त रहेको बताउनु भयो । 

यस्तै ग्रीन वेका अध्यक्ष शैलेन्द्र डङ्गोलले साइकल यात्रा प्रवर्द्धन अभियानमा सहभागी साइकल यात्रीलाई आइएमई पे मार्फत भुक्तानी गर्न सकिने हुँदा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र  एप प्रयोग गर्दा क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने बताउनु भयाे । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया